कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वाड नं ५ आनन्द ठाँटी बजारमा रहेको खेलमैदान काे काम सुरु भएकाे छ । ७ वर्ष पहिलेसम्म खेलमैदान थियाे पछिल्लाे समय केहि ब्यक्ति हरुले पर्ती जग्गामा स्थानिय ले अधिकरण गरी भोगचलन गरेका गरेका थिए माछापुच्छ्रे गाउँ पालिका वडा न ५ का वडा अध्यक्ष नारायणप्रसाद पौडेल सदस्य रामजी लामिछाने, प्राविधिक भरतराज अधिकारी भूमिराज बुढा साथै सुरक्षा निकायका पदाधिकारी राजकुमार परिवार ,सुजन ढकाल ,माछापुच्छ्रे सार्वजनिक जग्गा संरक्षण समिति तथ्य समिति संयोजक दिपेश लामिछाने सदस्य रेशम लामिछानेको उपस्थिती स्थानीय पार्टी प्रतिनिधि लालकुमार गुरुङ सम्बन्धित साथै सरोकारवालाहरुको उपस्थितिमा १० राेपनि जग्गामा डोजर लगाउने र खेलमैदान बनाउने काम अगाडि बढेेकाे र खेलमैदान निर्माणका लागि माछापुच्छ्रे गाउँ पालिका वाट २ लाख रकम बिनियाेजन भएपछि खेलमैदान काे काम सुरु गरिएकाे माछापुच्छ्रे सार्वजनिक जग्गा संरक्षण समिति तथ्य समिति सदस्य रेशम लामिछानेले बताएका छन ।