कास्कीको पाेखरा महानगर पालिका वडा न ८ सिर्जना चाेकमा नयाँ दाेहारी सांझ एण्ड रेष्टुरेन्ट सन्चालनमा आएकाे छ । सिर्जना चाेक देखि जिराे जाने वाटाेमा गाेल्डेन सिटी हाउस काे माथिल्लाे तलामा नैना दाेहाेरी सांझ एण्ड रेष्टुरेन्ट सन्चालनमा आएकाे हाे । पुर्ण पारिवारिक वातावरणमा सुबिधा सम्पन्न हल राष्ट्रिय स्तरका कलाकारहरुकाे साथमा मनाेरन्जन लिन पाईने सन्चालक कमल आचार्य ( बिष्णु ) ले जानकारी दिएका छन । १ कराेड २७ लाखकाे लगानीमा सन्चालमा आएकाे दाेहारी रेष्टुरेन्टमा ३० जनालाई राेजगार पाईरहेकाे छन । पाेखराका पुराना दाेहारी ब्यवसायी आचार्यले लाेक संगितकाे जगेर्ना गर्दै हाम्रो कला संस्कृति र परम्परा लाई जाेगाउन र नयाँ प्रतीभा भएका कलाकार हरुकाे लागि नयाँ प्लेट फर्म दाेहारी रेष्टुरेन्ट भएकाे पनि बताए। दाेहारी सांझ भन्ने बित्तिकै हाम्रो समाजमा अलि नराम्रो तरिकाले हेर्ने वानि छ तर पाेखरामा रहेका दाेहाेरी सांझहरु सभ्य अनि पुर्ण पारिवारक वातावण का छन । त्यसमा पनि नैना दाेहाेरी सांझ डिजिटल साउण्ड सिस्टमका साथै उत्कृष्ट डेकाेरेशका साथ सन्चालनमा ल्याएकाे बताए । पाेखरामा करिब २५ वटा दाेहारी सांझ सन्चालनमा छन ।