Ad imageAd image

नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी पुरा

Ad image
Ad imageAd image

पोखरामा  आयोजना हुने नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी पुरा भएकाे छ ।

 छिमेकी मित्रराष्ट्र चीन र नेपाल बीचको सांस्कृतिक एवं  जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ असार ८ र ९ गते सो फेस्टिभल आयोजना गर्न लागिएकाे  पोखरा महानगर पालिका प्रमुख  धनराज आचार्य ले बताउनु भयाे  दक्षिण एशियामै पहिलोपटक हुन लागेको   कार्यक्रमबाट पर्यटकीय शहर पोखरामा र समग्र देशमा चीनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास गरिएकाे पनि महानगर प्रमुख आचार्यले वताउनु भयाे।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले जानकारी गराउनु भयाे 

कार्यक्रममा सहभागिताका लागि चीनको लिङ्जी नगरबाट उपप्रमुखको नेतृत्वमा १३० जनाको टोली चार्टर उडानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पाेखरा आईसकेकाे छ ।

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखरा यस फेस्टिभलको सहयोगी संस्थाका रुपमा रहेका छन् ।  कार्यक्रमका लागि गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दुतावास र पोखरा महानगरबीच सझेदारी हस्ताक्षर भएको थियो ।आज ३ बजे पाेखरा सभागृहमा दुबै देेेशका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने पनि महानगरले जानकारी गराएकाे छ ।

Share This Article
Ad imageAd image
Ad imageAd image