Ad imageAd image

कृषि सन्जाल पाेखरा १५ ले फलेपाटनमा राेपाई महाेत्सव गर्ने

Ad image
Ad imageAd image

कास्कीको पाेखरा महानगर पालिका वडा न  १५ मा कृषि सन्जाल पाेखरा १५  ले  राेपाई महाेत्सव गर्ने भएकाे छ।   किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि   असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने गरेकाे छ  ।   यसै अबसरमा क्षेत्रिय कृषि  निर्देशनालय कास्की, पाेखरा महानगर पालिका कृषि महाशाखा र पाेखरा महानगर पालिका वडा न १५ काे कार्यलयकाे मुख्य प्रायाेजन मा चेतना महिला कृषक समुह  ,  आदर्श  आमा समुहकाे सह आयाेजनामा फलेपाटनमा  राष्ट्रिय धान दिवस का दिन   राेपाई महाेत्सव गर्न लागेको हाे  ।

राेपाई महाेत्सवमा राेपाहार प्रतियोगिता , असारे गित प्रतियोगिता , रस्साकस्सि प्रतियोगिता , र हिलाे छ्याप्ने प्रतियोगिता हुने छ  कार्यक्रममा २ लाख खर्च हुने आयाेजकले जनाएकाे छ । खेतमा रोपाई गरी दहि चिउरा  खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ ।

वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ ।  सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ । सरकारले  असार १५ काे   दिनलाई   धान  दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधिको  बिकाश   आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ ।

Share This Article
Ad imageAd image
Ad imageAd image