Ad imageAd image

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

Ad image
Ad imageAd image

जाजरकोट ।

बाजुरामा केन्द्र बिन्दु भएर भुकम्प गएको छ । बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा विछ्या आसपास केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत ले जनाएको छ । भूकम्पको धक्का महसुस भने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा गरीएको छ । भुकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन । यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको मृत्यु भएको थियो । त्यसपछि माघ १२ गते पनि बाजुरामा केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Share This Article
Ad imageAd image
Ad imageAd image