Ad imageAd image

चौरजहारीमा एक दिने निशुल्क एकिकृत घुम्ति शिविर सम्पन्न

Ad image
Ad imageAd image

चौरजहारी

चौरजहारी नगरपालिकामा एक दिने निशुल्क एकिकृत घुम्ति शिविर सम्पन्न भएको छ । चौरजहारी नगरपालिका रुकुम पश्चिमको आयोजना तथा युरोपियन युनियन र युनिसेफको आर्थिक सहयोग एबम चौरजहारी अस्पतालको प्राविधिक सहयोगमा वडा नम्वर १४ को वडा कार्यालयमा एकिकृत घुम्ति शिविर सम्पन्न भएको हो

शिविरमा सामाजिक सुरक्षा (व्यक्तिगत घटना दर्ता), जेष्ठ नागरिक परिचयपत्र अपांगता परिचयपत्र वितरण, आधारभुत स्वास्थ्य सेवा, अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, ५ वर्ष मुनिका वालवालिकाहरुको तौल मापन गरिएको थियो ।त्यस्तै शिविरमा गर्भवती महिलाहरुको गर्भपरिक्षण, पशु सेवा अन्तर्गत रेविज भ्याक्सिन, आन्तरिक परिजीवि नियन्त्रण, पशुवन्ध्याकरण र कृषि सेवा अन्तर्गत प्राविधिक परामर्श सेवा प्रदान गरिएको छ ।आधारभुत स्वास्थ्य परिक्षण तथा उपचार सेवा अन्तर्गत जेष्ठ नागरिक, महिला वालवालिका तथा अपांगता भएका १२५ महिला र ६७ जना पुरुष गरी कुल १९२ जनाले उपचार सेवा लिएको नगरपालिकाले जनाएको छ ।त्यस्तै पशु सेवा अन्तर्गत रेविज भ्याक्सिन, आन्तरिक परिजीवि नियन्त्रण, पशु वन्ध्याकरण र कृषि सेवा अन्तर्गत ८९ जनाले प्राविधिक परामर्श सेवा लिएको चौरजहारी नगरपालिकाका सूचना अधिकारी सिता थापाले जानकारी दिनुभयो । शिविरमा चौरजहारी अस्पतालका डाक्टर प्रभु सुव्वा लगाएका स्वास्थ्यकर्मीहरुको टोली खटेको थियो ।

Share This Article
Ad imageAd image
Ad imageAd image