कास्कीको अन्नपूर्ण गाउँ पालिका मा रहेका भुमिहिन दलितहरुलाई निशुल्क जग्गा उपलब्ध गराउन जग्गा नाप जांचकाे काम सुरु भएकाे छ । अन्नपूर्ण गाउँ पालिका वडा न ४ पुरानाे गाउ सल्यानका तिन जना भुमिहिन दलितहरु जिवन परियार , मने बि.क र बुद्धि परियारलाई जग्गा उपलब्ध गराउन जग्गा नाप्ने काम सुरु भएकाे हाे । जग्गा नाप्न राष्ट्रिय भुमि आयाेग कास्की अध्यक्ष गंगा पोख्रेल , राष्ट्रिय भुमि आयाेगका प्रवक्ता आश .ब गुरुङ सदस्य हरु उमा थापा, साेम व परियार अन्नपूर्ण गाउँ पालिका प्रमुख बिष्णु के.सि लगाएत वडा न ४ का वडा अध्यक्ष नापि कार्यलय कास्कीका कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियो । जग्गाको नापि भएपछि १५ दिन भित्र लालपुर्जा दिने गरि तयारी भईरहेकाे गाउँ पालिका प्रमुख बिष्णु के सि ले वताए । अन्नपूर्ण गाउँपालिका वाट सुभारम्भ गरिएकाे नापिकाे काे काम अन्य गाउँ पालिका र पाेखरा महानगर भित्रका भुमिहिन सुकुम्बासीहरुकाे वसाेवास रहेका ठाउँ हरुमा पनि छिट्टै नापि हुने भुमि आयाेग कास्कीका अध्यक्ष गंगा पोखरेल ले जानकारी गराएका छन कास्कीमा भुमिहिन दलित भुमिहिन सुकुम्बासी र अब्यवस्थित वसाेबासि गरि करिव ३५ हजार काे हाराहारीमा रहेकाे वताईन्छ ।