पोखरा महानगरपालिकाले महानगरभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ।
पाेखरा महानगर पालिका भित्र रहेका चलचित्र हलहरूलाई पत्राचार गर्दै मेयर धनराज आचार्यले भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका छन ।
पोखरामा रहेका सम्पुर्ण सिनेमा घरहरुलाई पत्र पठाई सकिएकाे मेयर अाचार्यले बताउनु भयाे ।
‘दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा कुनै पनि भारतीय चलचित्र प्रसारण नगर्न पाेखरा महानगरले चलचित्र हलहरुलाई पत्र समेत पठाएकाे छ । पाेखरामा कल्पना सिनेमा हल , बाराहि क, ख , श्रीकृष्ण , विन्दवासिनि, पुर्णिमा , मिड टाउन र सिने फ्लेक्स गरि ८ वटा सिनेमा घर रहेका छन ।
You Might Also Like
admin