Ad imageAd image

श्रावण १ गतेदेखि हरिहर मन्दिरमा १०८ शिवलिङ्ग दर्शन सहित गाैमुखि धारामा स्नान गर्न पाईने

Ad image
Ad imageAd image

कास्कीको पाेखरा महानगर पालिका वडा न १७ मा रहेकाे एतिहासिक मन्दिर सदा शिवजि शिद्देश्वर हरिहर मन्दिरमा निर्माण गरिएकाे १०८ शिवलिङ्ग र १०८  गाैमुखि  धारा श्रावण १ गते देखि भक्तजन हरुलाई खुल्ला गरिने भएकाे छ ।  बिभिन्न संघ संस्था , समाजसेवी भक्तजन हरुकाे सहयाेग मा  करिब ४५ लाखकाे  लागतमा निर्माण गरिएकाे शिवलिङ्ग ,सहितकाे १०८  गाैमुखि धारा निर्माण काे काम सकिएकाे मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले वताउनु भयाे । यहि श्रावण महिना जुन महिना शिवजि काे महिना पनि भनेर चिनिन्छ यसै अवसरमा १ गतेबाट बिधिवत रुपमा भक्तजनहरुले १०८ शिवलिङ्ग काे दर्शन का साथै १०८ गाैमुखि  धारामा नुहाउन पाउने पनि भण्डारीले वताउनु भयाे । यसै अवसरमा ढुङ्गेेसाघु सितापाईला आमा समुह महतगाैडाका स्थानिय आमा समुहले  मन्दिर परिसर भित्र सरसफाइ गरेेकाे छ ।  मन्दिर लगाएत यस क्षेत्रमा सक्रिय सहभागीता का साथ  समाजसेवामा लागेकाे ढुङ्गेसाघु सितापाईला आमा समुहले हरेक बर्ष माघ  १ गते मकर सक्रन्ति काे दिन निशुल्क कन्दमुल , खानेपानि , र चियाकाे ब्यवस्था गर्दै आएकाे छ । ढुङ्गेेसाघु मेला लाग्ने यस ठाउमा हरिहर मन्दिर कहिले स्थापना भयाे भन्ने ठ्याक्कै यकिन छैन।तर याे धेरै  पुरानाे मन्दिर हाे ।  भगवानकाे पालादेखिनै यस मन्दिर रहेकाे मानिन्छ । १८६४ मा लालमाेहर पाएकाे ढुङ्गेेसाघु मेला भर्न माघ १ गते लाखाै भक्तजनहरुकाे भिड लाग्ने गर्दछ  । 

Share This Article
Ad imageAd image
Ad imageAd image