इस्वरा तिवारी कंडेल
भद्रपुर / बिश्व हिन्दू परिषद झापाले हालै धरानमा तारीखमा रिहा भएका अपराधी सहितका समूह द्वारा सार्वजनिक रुपमा गोरुको हत्या गरी आयोजना गरिएको भोज प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् l नेपालमा धार्मिक द्वन्द निम्ताएको आपराधिक समूह द्वारा घटाएको सो घटना जघन्य गतिबिधिको भएको भन्दै बिस्व हिन्दु परिषद झापाले बिरोध गरेको छ l बिहिप झापाका अध्यक्ष होमनाथ ढूंगेल,उपाध्यक्ष देवेन्द्र के,ढुङगाना,सचिव दुर्गा खरेल,कोषाध्यक्ष तारा राजबंशी,सदस्य सत्येंद्र कुमार कर्ण, ईश्वरा तिवारी कंडेल, हरि भण्डारी सहितको प्रतिनिधि मण्डल शुक्रबार जिल्ला प्रशासन कार्यालय झापा पुगेर ज्ञापन पत्र बुझाएका छन् l सो ज्ञापन पत्रमा गाई गौ बंश राष्ट्रिय जनावर मात्र नभई बहुसंख्यक सनातनी हिन्दुहरुको आस्था एबं अंतर आत्मा संग जोड़िएको तथ्य उल्लेख गर्दै हिन्दुहरू गौ बंशलाई भगवानको रुपमा पूजने भनेको छ l ज्ञापन पत्रमा नेपालमा क़ानूनले गौ हत्यालाई पूर्णतः बर्जित गरेको भए पनि आज गौ हत्याको घटना बढ़नु चिन्ताको बिषय भन्दै घटनामा संलग्न अपराधीहरुलाई तत्काल गिरफ्तार गरी कड़ा भन्दा कड़ा सजाय दिन अपील गरेको छ l