Ad imageAd image

हरिहर मन्दिर ब्यबस्थापन समितिले १६० जनालाई सम्मान गर्ने

Ad image
Ad imageAd image

कास्कीको पाेखरा महानगर पालिका वडा न १७ मा रहेकाे एतिहासिक मन्दिर सदा शिवजि शिद्देश्वर हरिहर मन्दिरमा निर्माण गरिएकाे १०८ शिवलिङ्ग  १०८  गाैमुखि  धारा ,   प्रवेश द्वार  उद्घाटनकाे तयारी पुरा भएकाे छ ।  श्रावण १ गते देखि बिधिवत रुपमा पुजा गरि शुभारम्भ गरिने मन्दिर ब्यवस्थापन समितिका सचिव हरिहर भण्डारीले बताउनु भयाे । बिभिन्न संघ संस्था , समाजसेवी भक्तजन हरुकाे सहयाेग मा  करिब ४३ लाखकाे  लागतमा निर्माण गरिएकाे शिवलिङ्ग ,सहितकाे १०८  गाैमुखि धारा निर्माण काे सम्पुर्ण  काम सकिएकाे मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले वताउनु भयाे ।

यहि श्रावण महिना जुन महिना शिवजि काे महिना पनि भनेर चिनिन्छ यसै अवसरमा १ गतेबाट बिधिवत रुपमा भक्तजनहरुले १०८ शिवलिङ्ग काे दर्शन का साथै १०८ गाैमुखि  धारामा नुहाउन पाउने पनि भण्डारीले वताउनु भयाे । बि स १८६४ मा लालमाेहर  पाएकाे  ढुङ्गेेसाघु मेला लाग्ने यस ठाउमा हरिहर मन्दिर कहिले स्थापना भयाे भन्ने ठ्याक्कै यकिन छैन।तर याे धेरै  पुरानाे मन्दिर हाे ।  भगवानकाे पालादेखिनै यस मन्दिर रहेकाे मानिन्छ । १८६४ मा लालमाेहर पाएकाे ढुङ्गेेसाघु मेला भर्न माघ १ गते लाखाै भक्तजनहरुकाे भिड लाग्ने गर्दछ  ।  श्रावण १ गते मन्दिरमा निर्माण भएका सम्पुर्ण कामहरुमा आर्थिक सहयाेग गर्ने जिन्सि सामाग्री प्रदान गर्ने सम्पुर्ण  दानदाता एवं सहयाेगि १६० जनालाई सम्मान गरिने पनि अध्यक्ष शर्माले बताउनु भयाे ।  धारा एवं शिबलिङ्ग निर्माणकार्य मा १४४ जना सहयाेगि हरुले नगद तथा जिन्सि सामान सहयाेग गरेका थिए । 

Share This Article
Ad imageAd image
Ad imageAd image