कास्की /
अहिले सरकारले देशैभरि रहेका भुमिहिन सुकुम्बासी र अब्यवस्थित वसाेवासिलाई जग्गा उपलब्ध गराउने भन्दै काम अगाडि वढाईरहेकाे छ । केहिले लालपुर्जा समेत पाईसकेका छन भने कतिले निस्सा समेत पाएका छैनन । राष्ट्रिय भूमि आयोग कास्की र मादि गाउँ पालिकाको सहकार्यमा मादि गाउँ पालिकाका १२ वटा वडामा रहेका भूमिहीन सुकुम्बासी भुमिहिन दलित र अब्यवस्थित बसाेवासिहरुलाई निस्सा बितरण गरिने भएकाे छ ।
साेमवार मादी गाउँ पालिकाकाे आयोजनामा गरिएकाे भुमि सम्वन्धि अन्तरक्रिया कार्यक्रममा पालिका भरि रहेका ३४ जना भुमिहिन सुकुम्बासी , १६ जना भुमिहिन दलित र १०० जना अब्यवस्थित बसाेवासि गरि छुटपुट सहित लगभग १९० जनालाई जग्गाकाे निस्सा छिट्टै बितरण गरिने मादि गाउँ पालिकाका अध्यक्ष देबि जंग गुरुङले वताउनु भयाे । गुरुङले जिल्ला वाट परिपत्र भएअनुसार प्रत्येकवडाका लगत संकलन चुस्त दुरुस्त हुनेगरि पालिकामा रेकर्ड हरुपनि आईरहेकाे र भुमिहिन सुकुम्बासी भन्दा अब्यवस्थित वसाेवास धेरै भएकाे पालिकामा देखियाे जुगाै बाउवाजेकाे पालादेखि वसाेवास गरेकाे तर लालपुर्जा नपाएका हरुलाई छिट्टै निस्सा बितरण गरि लालपुर्जा काे लागि प्रक्रिया अगाडि बढाउने र २/३ महिना भित्रै सबैलाई बितरण गरिसक्ने अध्यक्ष गुरुङले वताएका छन ।
कार्यक्रम का प्रमुख अतिथि राष्ट्रिय भुमि आयाेग कास्कीका अध्यक्ष गंगा पाेख्रेलले भुमिहिन सुकुम्बासी ,भुमिहिन दलित र अब्यवस्थितलाई लालपुर्जा दिन स्थानिय तहकाे मुख्य भुमिका रहने बताए पाेख्रेलले वडा अध्यक्ष हरुकाे सबैभन्दा ठुलाे भुमिका रहने हुदा हरेक वडाका अध्यक्ष ले चासाेका साथ काम गरेमा १ देखि ३ महिना भित्र लालपुर्जा बितरण गर्न सकिने बताए ।
कार्यक्रममा मादि गाउँ पालिकाका उपाध्यक्ष कल्पना गुरुङ, राष्ट्रिय भुमि आयाेग कास्कीका सदस्यहरु उमा थापा, साेम व नेपालि , भुमिहिन सुकुम्बासी संगठनसमाजवादिका कास्की अध्यक्ष मुक्ति लाल गुरुङ , नागरिक उन्मुक्ति पार्टी गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ लगाएत १२ वटै वडाका अध्यक्ष सचिव हरु का साथै कार्यपालिका सदस्य हरुकाे उपस्थिति रहेकाे थियाे ।