शहर बजार संवाददाता / पाेखरा
कास्कीको पाेखरा महानगर पालिका वडा न १७ सिताकाे पाईला मा रहेकाे एतिहासिक मन्दिर सदा शिवजि शिद्देश्वर हरिहर मन्दिरमा १०८ शिवलिङ्ग १०८ गाैमुखि धारा काे दर्शन गर्ने काे भिड आज दाेस्राे साेमवार पनि बढेकाे छ । कास्की कै सबैभन्दा पुरानाे मन्दिर मानिएकाे सदा शिवजि शिद्देश्वर हरिहर मन्दिरमा १०८ शिवलिङ्ग र १०८ गाैमुखि धारा निर्माण भएसंगै भक्तजनकाे घुईचाे लाग्न थालेकाे छ । श्रावण १ गते भक्त जनहरुले कलश यात्रा सहित भजन कृतन गर्दै सेतिनदिकाे जल ल्याएर १०८ शिवलिङ्गमा जल अर्पण गरेका थिए । बि स १८६४ मा लालमाेहर पाएकाे ढुङ्गेेसाघु मेला लाग्ने यस ठाउमा हरिहर मन्दिर कहिले स्थापना भयाे भन्ने ठ्याक्कै यकिन छैन।तर याे धेरै पुरानाे मन्दिर हाे । भगवानकाे पालादेखिनै यस मन्दिर रहेकाे मानिन्छ । १८६४ मा लालमाेहर पाएकाे ढुङ्गेेसाघु मेला भर्न माघ १ गते लाखाै भक्तजनहरुकाे भिड लाग्ने गर्दछ । कास्कीमा रहेका शिवमन्दिर हरुमा आज भक्त जनहरुकाे घुईचाे लागेकाे छ ।