कास्कीको पाेखरा महानगर पालिका वडा न १५ मा कृषि सन्जाल पाेखरा १५ ले राेपाई महाेत्सव गर्ने भएकाे छ। किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने गरेकाे छ । यसै अबसरमा क्षेत्रिय कृषि निर्देशनालय कास्कीको मुख्य सहयाेगमा चेतना महिला कृषक समुह , आदर्श आमा समुहकाे सह आयाेजना र वडा न १५ काे बिषेश सहयाेगमा फलेपाटनमा राष्ट्रिय धान दिवस का दिन राेपाई महाेत्सव हुने भएकाे हाे । राेपाई महाेत्सवमा राेपाहार प्रतियोगिता , असारे गित प्रतियोगिता , रस्साकस्सि प्रतियोगिता , र हिलाे छ्याप्ने प्रतियोगिता हुने छ ।कार्यक्रममा राष्ट्रिय कलाकारहरुकाे बेजोड सांगीतिक प्रस्तुति रहने छ । चर्चित गायक नेत्र खड्का , सिता के. सी लगाएत थुप्रै कलाकारहरु सहभागि हुनेछन् कार्यक्रममा २ लाख खर्च हुने आयाेजकले जनाएकाे छ । खेतमा रोपाई गरी दहि चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ ।