Ad imageAd image

बर्खा लागे संगै पुलकाे काम राेकियाे

Ad image
Ad imageAd image

कास्की / असार २२

कास्कीको  पोखरा महानगर पालिका वडा नम्बर १५ र १७ लाई जोड्ने सेति नदिमाथि बन्न लागेकाे  मोटरेवल पुलको काम बर्खा लागे सगै राेकिएकाे छ । 

 लामो समय देखि   रोकिएको पुल  निर्माण ब्यवसायी सग निर्माण सम्झौता भए पछि  काम अगाडी बढेको थियाे । तर बर्खामा सेति नदि बढेपछि काम राेकिएकाे निर्माण कम्पनीले जनाएकाे छ । काम गर्दै गर्दा खाेेला बढेर केहि समानहरुपनि खाेलाले बगाएकाे निर्माण कम्पनिका मानदेव मानन्धरले बताए । पाेखरा १५ काे रातिखहरे र १७ काे लामाेतरामा मा पुल बन्न लागेकाे हाे ।

    १०० मि लम्बाई ,११ मि चाैडाई ,र दायाँबायाँ डेढ मिटर फुट ट्रेक रहने छ पुल ५०/५० मिटरकाे २ स्पानमा बन्ने छ । पुल निर्माणका लागि   संघीय पुल महाशाखा अन्तरर्गत रु. ११ करोड १५ लाख भ्याट बाहेकको रकममा ईलाइट सिम्रन जे.भि. निर्माण कम्पनीले ३३ महिना भित्र सम्पन्न हुने गरि पुल निर्माणको काम  सुरु गरिएको छ। पोखरा १५ र १७ जोडने गौरव आयोजनाको रुपमा लिएकाे पुल स्व रविन्द्र अधिकारीले बिषेश पहल गरेका थिए  ।  पुलले १५ र १७ लाई भौगोलिक रुपमा मात्र जोडने नभई वडा न.२१, ३३ र स्याङ्जाको उत्तरपूर्वीय सिमानासम्मको यातायातलाई र  निर्माण सम्पन्न पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल, पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान  गण्डकी हस्पिटलसम्मको दुरि समेत कम हुनेछ भने गाउँमा उत्पादन भएका तरकारी लगाएत अन्य उत्पादन भएका वस्तु हरुले पनि सहजै बजार पाउने छन । पाेखरा १५ र १७ मा अावत जावत गर्न  पक्कि  पुल नहुदा  ठुला सवारी साधन हरु ले निकै सास्ती बेहाेर्नु परेकाे छ । 

Share This Article
Ad imageAd image
Ad imageAd image